नियम ६
म्याद र तारीख
(१) निजामती सेवा ऐन, २०४९ बमोजिम विभागीय सजाय दिने अधिकारीले भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी वा अयोग्य ठहरिने गरी सेवाबाट अवकाश दिएको विभागीय सजायको आदेश सुनी पाएको वा त्यसको सूचना तामेल भएको मितिले पैतीस दिन भित्र सम्बन्धित व्यक्तिले अदालतमा पुनरावेदन दिन सक्नेछ । तर सम्बन्धित पक्षको काबू बाहिरको परिस्थितिले गर्दा म्याद गुज्रिएकोमा बढीमा तीस दिनसम्मको म्याद थामिन सक्नेछ ।
(२) पुनरावेदनको कारवाहीमा पुनरावेदकले चाहेमा तारीखमा बस्न सक्नेछ । त्यसरी तारीखमा बसेकोमा बीचमा तारीख टुटेमा पनि तारीख टुटेको कारणबाट पुनरावेदनको कारवाही वा निर्णयमा प्रतिकूल असर पर्ने छैन । पुनरावेदनको किनारा भएपछि तारीखमा नबसेको पुनरावेदकलाई सो निर्णयको जनाउ दिनुपर्नेछ ।